सुनसरीमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

title
सोमवार, मंसिर २४, २०७५

ध्रुव ढकाल/सुनसरी । गएराती सुनसरीको कोशी गाँउपालिका वडा नम्वर ७ मा प्रहरी र हतियारधारी समुहबीच दोहरो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

कोशी गाँउपालिकाको मुसरी टोलमा नियमति गस्तीका क्रममा ४–५ जनाको समुह भारतीय सिमाबाट करिव ५ सय मिटर भित्र नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि जवाफी कारवाहीमा एक जना अन्दाजी ३५ बर्षको तराई मुलका पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले वताउनु भएको छ ।

हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । घटनास्थलबाट मिस फायर भएको र अर्को फायर गर्न लोड गरीएको दुई थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

राती १० बजेको समयमा प्रहरी र उक्त समुहबीच दोहोरो गोली हानाहान भएको सुनसरी प्रहरीले बताएको छ । सुनसरीमा लगातार गोलीकाण्ड भएपछि प्रहरीले सिमा नाकामा गस्ती बढाएको छ ।