दोहोरो करको विरोध गर्दै काठमाडौँमा पर्यटन व्यवसायीको विरोध

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौँ । नगरकोटका पर्यटन व्यवसायीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीबार काठमाडौ विरोध प्रर्दशन गरेका छन् ।

नगरकोट आउने पर्यटकहरुलाई आतंकित पार्ने गरि स्थानीय सरकारले दोहोरो पर्यटन शुल्क लिन थालेको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले कर खारेज गर्न सरकारसँग माग गर्दै प्रर्दशन गरेका हुन् ।

स्थानीय निकायले पर्यटकहरुमाथि लुटेराशैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसाय नै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दवाव दिन प्रदर्शन गर्नु परेको उनीहरुको भनाई छ ।

चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेका उनीहरुले जनाएका छन् ।