धनगढी तताउँदै नेपथ्य

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौं । चर्चित व्याण्ड नेपथ्य अहिले देश दौडामा छ । यो व्याण्डले मुलुकका विभिन्न शहरमा कन्सर्ट गर्दै आएको छ । पूर्वको विराटनगरबाट शुरु भएको कन्सर्ट सुदूरपश्चिमको धनगढीमा पुगेर समापन हुँदैछ । दाताज ईभेन्ट म्यानेजमेन्टको आयोजनामा मंसिर १३ गते धनगढीमा हुने ‘नेपथ्य लाईभ इन धनगढी’ हुँदैछ । जसका लागि आयोजकले धनगढीको तयारी पूरा दाताज ईभेन्टका प्रबन्ध निर्देशक दाताराम घिमिरेले जानकारी दिए ।

नेपाली लोक आधुनिक संगीतमा छुट्टै छाप छोड्दै लोकप्रिया ब्याण्डको रुपमा परिचित नेपथ्यले आफ्नो २५ औ वार्षिकोत्सबको अवसरमा देशका बिभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको हो । दातज ईभेन्टको आयोजना तथा द मेन्सन नेपाल र दारी ग्यांग धनगढीको सहकार्यमा हुने नेपथ्यको सांगीतिक उत्सवमा ६ हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेने अपेक्षा गरिएको छ ।

नेपथ्यको सांगीतिक उत्सव हेर्न धनगढी, अत्तरिया, महेन्द्रनगर, लम्की, टिकापुर, नेपालगञ्ज र आसपासका दर्शकहरुको उपस्थिती रहने आयोजकले बताएको छ । सुदुरपश्चिममै पहिलो पटक अत्याधुनिक साउण्ड र लाईट प्रयोग गरी यस सांगीतिक उत्सव गर्न लागिएको आयोजकको दाबी छ । कार्यक्रम ३ घण्टाको हुने जनाइएको छ । कार्यक्रमको पूर्व सन्ध्यामा अहिले प्रचार प्रसार तीव्र पारिएको छ । प्रचारप्रसार कै क्रममा धनगढीका विभिन्न स्कुल कथा कलेजमा क्याम्पेन समेत गरिएको छ ।

नेपाल टुरमा हिंडेको नेपथ्यले यस अघी मङ्सिर ४ गते बिर्तामोडमा कार्यक्रम गरेको थियो । साहारा नेपालले बिर्तामोडमा आयोजना गरेको कार्यक्रम डोमालाल राजबंशी रंशालामा भएको थियो । बिर्तामोडमा भएको कार्यक्रममा ७ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका थिए ।

यस्तै एमसी कफी आवरको आयोजनामा ७ गते शुक्रबार धरानको धरान रंशालामा भएको कार्यक्रममा ४ हजार दर्शकको उपस्थिती रहेको थियो । बिर्तामोड र धरान पश्चात नेपथ्यको कार्यक्रम १० सोमबार बुटवलमा भएको थियो । बुटवलको कार्यक्रम समेत भव्य भएको हो । धनगढी रंशालामा हुने कार्यक्रम साँझ ठीक पौने ६ बजेबाट शुरु हुनेछ । कार्यक्रम हेर्नका लागि टिकट शुल्क १ हजार रुपैँया तोकिएको छ भने बुकिङ यस अघि नै खुल्ला भइसकेको छ ।