धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडाैं । धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएका हुन् ।
उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।