धर्मपरिवर्तनकारीको दादागिरी, ईटहरीमा स्थानीयमाथि हातपात

title
मङ्लबार, बैशाख १७, २०७६

सुनसरी । कोरीयाली धर्म प्रचारक ‘वी लभ य’ुको नाममा नेपाल छिरेका साङ जा हान नामका कोरीयाली नागरीकले सुनसरीको ईटहरीमा स्थानीयमाथि हातपात गरेका छन् । परमेश्वरको मण्डली विश्व सु समाचार समाज (सियोन)का धर्म प्रचारक कोरियाली नागरिक र उनका अनुयायीहरुले स्थानीय अनु राईलाई कुटपिट गर्नुका साथै अभिषेक कार्की र आयुशा कार्कीलाई पनि दुव्र्यवहार गरेका थिए । यसबारे प्रहरीले छानबिन थाल्ने जनाएपछि कोरियाली नागरिक फरार छन् ।

कोरीयाली धर्म प्रचारक ‘वी लभ य’ुको नाममा नेपाल छिरेका साङ जा हान नामका कोरीयाली नागरीकले सुनसरीको ईटहरीमा स्थानीयमाथि हातपात गरेका हुन् । परमेश्वरको मण्डली विश्व सु समाचार समाज (सियोन)का धर्म प्रचारक कोरियाली नागरिक र उनका अनुयायीहरुले सुनसरीकी अनु राई कुटपिट गरे । साथै अभिषेक कार्की र आयुशा कार्कीलाई दुव्र्यवहार गरेका थिए ।

पीडितले कोरियाली नागरिक पक्राउ गर्न माग गर्दै प्रहरी गुहारेका छन् । क्रिश्चियन धर्ममा आवद्ध परमेश्वरको मण्डली विश्व सु समाचार समाज( सियोन)का धर्म प्रचारक कोरियाली नागरिक साङ जे हुङ स“ग अभिषेक कार्कीको समुहले १५ वटा प्रश्न सोधेको थियो । प्रश्न सोधेकै आधारमा कोरियाली नागरिक सहितका अन्य अनुयायीहरुले हात गर्नुका साथै कुटपिट गरेको पिडित पक्षको आरोप रहेको छ ।

२०६३ सालदेखि क्रिस्चियन धर्म अँगालेका उनीहरुलाई कोरियाली नागरिकलेसन् २०१२ मा विश्वमा प्रलय हुन्छ र पृथ्वी ध्वस्त हुन्छ भनेर परिवार नियोजनसमेत गराएका थिए । तर त्यसो नभएपछि उनीहरुले धर्मपरिवर्तनकारीहरुले झुटको खेती गरेको भन्दै गुनासो जनाएका थिए । आक्रोशित कोरियनहरुले स्थानीयलाई कुटपिट गरेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले पिडित पक्ष र पीडक पक्ष दुवैलाई छलफल गराई माफ पाउँ भनी निवेदन आएकाले प्रहरीले समन्वय गराउन थालेको जानकारी दिए । विवादमा मुछिएका कोरियाली नागरिक भने फरार भएका छन् । विवाद सामान्य देखिएपनि कोरियालीहरु देशका विभिन्न ठाउँमा पुगेर अनावश्यक आश्वासन बांडेर धर्म प्रचारमा लाग्ने गरेको स्पष्ट भएको छ ।