धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको सहयोगको सर्वत्र आलोचना, प्रधानमन्त्री ओलीले समेत आशिर्वाद लिने

title
शुक्रबार, मंसिर १४, २०७५

बाबुराम तिमिल्सिना । काठमाडौँ । केही समय अघि मात्र नेपालमा सञ्चालित गैर सरकारी संस्थालाई नियमन गरी कडा अनुशासनमा राख्ने घोषणा गरेको सरकारले हाल आएर यसको विपरित क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रमलाई सघाउ पु¥याएको छ ।

क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रमलाई सरकारले सहजीकरण गरेपछि अहिले सरकार आलोचित बनेको छ । शुरूमा कार्यक्रमको सह–आयोजक बनेर कार्यक्रमको आयोजना गर्ने सोचमा रहेको सरकार प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि पछि हटेर सहजीकरण गर्ने भूमिकामा रहेको छ । कुनै व्यक्ति विशेष र संस्थाले आयोजना गरेको यस्तो कार्यक्रममा सरकार सहभागी भएर गलत गरेको विश्लेषण भइरहेको छ ।

कार्यक्रमका विषयलाई लिएर विभिन्न टिका टिप्पणी भएपछि सरकारले अहिले यस विषयमा पछि हटेर जवाफ दिइरहेको छ । यो कार्यक्रममा आउने कतिपय देशमा राष्ट्रप्रमुख तथा विशिष्ट पाहुलाई सरकारले आफै निमन्त्रणा गरी बोलाएको थियो । सरकारको नेतृत्व गरिहकेको दल नेताले भन्ने आफ्नो देशमा अन्य देशका सरकारी विशिष्ट पाहुना आएकाले सुरक्षा दिने काम मात्र दाबि गरेका छन् ।

तर मन्त्रीहरू आफ्नौ त्रिभुवन अन्तर्राष्ट्रिय विनानस्थल पुगी आगन्तुक पाहुनाहरूलाई स्वागत गरिरहेका छन् । तत्कालीन समयमा नेपाल परिवार दल र हाल नेपाल कम्युनिष्ट पार्टीमा रहेका एकनाथ ढकालको नेतृत्वमा रहेको धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले एसिया प्यासिफिक समिट आयोजना गरेको हो ।

एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी रहेको बताइएको छ । यो समिटिमा ४० भन्दा बढि देशका प्रतिनिधिले भाग लिने जनाइएको छ ।