धादिङको अधिकांश भुभाग जोड्ने त्रिशूली पुल जीर्ण

title
बिहिबार, असार २६, २०७६

धादिङ । नुवाकोटको पश्चिम भेग सहित धादिङको अधिकांश भुभाग जोड्ने त्रिशूली पुल जीर्ण बनेको छ । पाँच दशक अगाडी भारतले निर्माण गरेको बेलिब्रिज जिर्ण बनेको हो ।

नयाँ पुल निर्माणका लागि बिस्तृत परियोजना प्रतिबेदन बनेपनि कार्यान्वयन हुन सकेको छैन । बिदुर नगरपालीका आफैले पुलको डिपीआर गरि सडक बिभागसँग बजेट माग गरेको छ ।

दुई बर्ष अघिबाट नयाँ पुल निर्माण गर्ने बहस भएपनि हालसम्म काम सुरु हुनसकेको छैन् । फलामे बेलिब्रिजमा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेको छ ।

सवारीसाधनको आवतजावत बाक्लो भएकाले जोखिम बढेको छ । पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पुलको सुरक्षालाई मध्यनजर गर्दै एक पटकमा एक मात्र सवारी आवतजावत गर्न पर्ने भनिएपनी कार्यन्वयन हुन भने सकेको छैन । स्थानिय सरोकारवलाहरुले हाल भैरहेको पुलको बिकल्प हुनु पर्ने माग गर्दै आएका छन् ।

भारत सरकारले २०२१ सालमा त्रिशुली जलबिद्युत केन्द्र निर्माणको समयमा बनाईदिएको पुल जिर्ण बनेको हो । समयमै अर्को ब्यवस्थापन नभएमा पुलले ठुलो जोखिम निम्त्याउने सरोकारवलाहरुको भनाइ छ ।