धादिङको बेनिघाटमा जिप दुर्घटना, १० जना घाइते

title
मङ्लबार, साउन २२, २०७५

सृजना लम्साल । धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५, बेनिघाटमा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाटवाट गोरखातर्फ जादै गरेको बा १३ च ७७०१ नम्बरको जिप मंगलवार दुर्घटनामा परेको प्रहरिले जानकारी दिएको छ ।

दुर्घटना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइते गोरखा जिल्ला गण्डकी गाउँपालिका ५ बस्ने ३५ वर्षकी मधु पन्थ, ४५ बर्ष्कि एकमाया थापा मगर, ४५ बर्ष्कि बेनिमाया श्रेष्ठ गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते भएकाहरुलाई काठमाडौ स्थित ट्रमा सेन्टरमा पठाइएको छ । अन्य ७ जना घाइतेहरुको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।