धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ घाइते

title
आइतवार, पुस २९, २०७५

सिर्जना लम्साल /धादिङ
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, हुग्दीखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकबाट बर्दिया तर्फ जादै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार बिहान आफै अनियन्त्रित भई पुलको बाँया साईडमा पल्टिएको हो । दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका –२ बस्ने १८ वर्षका नरेन्द्र थारु चौधरीका मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएको उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने बल बहादुर चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बसमा ३९ जना यात्रु सवार थिए । दुर्घटनामा ३१ जना घाइते भएको प्रहरीले जनाएको छ ।