धादिङ केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरको भूकम्प

title
बुधबार, बैशाख ११, २०७६

काठमाडौं– काठमाडौं लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ । भूकम्पमापन केन्द्रको अनुसार धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको हो ।

बिहान ६ बजेर ३० मिनेटमा नौबिसे केन्द्रबिन्दु परकम्प जाँदा काठमाडौंसहित नुवाकोट, काभ्रे, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । पहिलो भूकम्पको महसुस भएको लगत्ते अर्को भूकम्प नि महसुस भएको छ । बिहान करिब ६ः ४२ मा अर्को भूकम्पको महसुस भएको हो ।
भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।
बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको पनि आज चार वर्ष भोलि पूरा हुने छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

गोरखा भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लिएको थियो । २२ हजार तीन सय नागरिक घाइते भएका थिए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुराएको थियो ।