धारिलो हतियार प्रहार गरी हत्या

title
बिहिबार, अशोज ४, २०७५

नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउंपालिका १ मा गएराति एक जनाको धरिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मादकपदार्थ सेवन गरी पांच जना मिलेर लखेट्दै कुटपिट गरी धारिलो हतियार प्रहार गरी विनयी त्रिवेणी १ का २५ बर्षीय रुपेश महतोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

धारिलो हतियारले खुट्टाको तिघ्रामा चोट लागेको महतोको अत्याधिक रक्त श्रावका कारण मृत्यु भएको हो ।

घटनामा सम्लग्न स्थानीय ५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मुख्य अभियुक्त सुरज काउछा सहित सागर थापा, मनोज कट्टेल, सन्तोष थापा र दिपेन रोकालाई प्रहरीले राति नै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

महताको राति उपचारको क्रममा मध्यविन्दु सामुदायिक अस्पताल कावासोती १६ डण्डामा मृत्यु भएको हो । मृतकको शव पोष्टमाटर्मका लागि पठाइएको प्रहरीले जनाएको छ ।