धुरुधुरु रोए डा. गोविन्द केसी !

title
बुधबार, साउन २३, २०७५

काठमाडाैं – २७ दिनसम्म अनशन बसेर उपचार गराई मंगलबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका चिकित्सक शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसी धुरुधुरु रोएका छन् ।

डा. केसी डिस्चार्ज भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा रोएका हुन् । अव स्वस्त्य हुनुभयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. केसीले रुदै भने, मैले धेरै काम गरिसकेँ ।

अव जनताको काम जनप्रतिनिधि र सरकारबाट पुरा हुनुपर्छ । यो खबर आजको नागरिक दैनिकमा छ ।