धोबिखोलामा नवजात शिशुको शव भेटियो

title
आइतवार, माघ २७, २०७५

काठमाडौंको अनामनगरस्थित धोबिखोलाको किनारमा एक नवजात शिशुको शव भेटिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २९, स्थित रुद्रमती चोकको धोविखोलामा प्लाष्टिकमा पोको पारी मिल्काइएको अवस्थामा शब फेला परेको हो । स्थानीय युवाले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

टाउकोमा शलले बांधेर हत्या गरी प्लाष्टिकमा पोको पारी शिशुको शव मिल्काएको प्रारम्भीक अनुमान प्रहरीले गरेको छ । शव बरामद गरेलगत्तै प्रहरीले हत्यामा संलग्न तथा नवजात शिशुको आमा पहिचाहनका लागि थप अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले हत्या गरि मिल्काईएको नवजात बालीकाको शब पोष्टमार्टमका लागि अस्पताल लगेको छ । स्थानीयले भने उक्त शिशु अवैध सम्बन्धबाट जन्मेको अथवा छोरी भएकै कारण हत्या गरीएको अनुमान गरेका छन् ।