नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा

title
शनिबार, फाल्गुन ४, २०७५

रत्न अधिकारी,रौतहट । नगरप्रमुख र उपप्रमुख बीचको बिबादले रौतहटको फतुवा बिजयपुर नगरपालिकाको नगर सभा हुन सकेको छैन ।

आर्थीक बर्ष सकिएको सात महिना बितिसक्दा समेत नगरसभा हुने छाँट देखिएको छैन । नगरप्रमुख गोपाल राय यादब र उपप्रमुख कान्ति देबी महतोले एक अर्का लाई भ्रस्टाचारीको संज्ञा दिएका छन । दुबैले अलग अलग घरभाडामा लिएर कार्यालय समेत संचालन गर्दै आएका छन ।

 निर्बाचित वडाअध्यक्षहरुले योजनाको लागि रकम माग गरेपछि नगरसभा हुन नसकेको हो । देबाही गोनाही नगरपालिकाका प्रमुख धमेन्द्र पटेलले आफनो नगरमा वडाअध्यक्षहरु बीच सहमति भएकाले नगरसभाको प्रक्रियामा रहेको बताउनु भयो । उता कटहरिया नगरपालिकामा भने गत आर्थीक बर्षको हिसाब अपारदर्शी भएको भन्दै नगरसभा हुन नसकोके निमित प्रमुख प्रशासकिय अधिकृत उदय देबकोटाले बताउनु भयो ।

नगरकार्यपालिकाका सदस्यले हिसाब पारदर्शीताको माग राखेका छन । बौध्दिमाई नगरपालिकामा पनि वडाअध्यक्षहरुले योजनाका लागि अधिक रकम माग गरेकाले नगरसभा हुन नसकेको बताइएको छ । चार वटा निर्बाचन क्षेत्र रहेको रौतहटको नगरसभा हुन नसकेको कटहरिया, फतुवा बिजयपुर, देबाही गोनाही नगरपालिका तीन नम्बर क्षेत्रमा पर्दछ ।

स्वरोजगारमुलक लक्षित समुहको कार्यक्रम समेत हुन सकेको छैन । उता फतुवाबिजयपुर नगरपालिकाको नगरप्रमुख गोपाल यादब नेपाली काग्रेस बाट बिजयी हुन भने उपप्रमुख कान्तिदेबी भने तत्कालिन माओबादी बाट बिजयी भएकी हुन । नगरप्रमुख गोपाल राय यादबले पत्रकार सम्मलेन गरेर कार्यपालिकामा बहुमतको दम्भ उपप्रमुखले देखाउदा नगरसभामा ढिलाई हुन गएको बताउनु भयो । नगर उपप्रमुख कान्तिदेवी महत्तोले भने नगर प्रमुखले आफुहरु लाई बेवास्ता गरेको आरोप लगाउदै आउनु भएको छ ।

बिकासको दृष्टिकोणले पिछडिएको रौतहटको फतुवाबिजयपुर नगरपालिकामा राजनैतिक खिचातानीका कारण बिकास निर्माणको कार्य भने प्रभाबित भएको छ ।