नयाँ कानूनमा म्याच फिक्सिङविरुद्ध कस्तो सजाय ?

title
आइतवार, भदौ ३, २०७५

काठमाडौं । गत शुक्रबारदेखि जारी भएकाे मुलुकी देवानी (संहिता) र मुलुकी देवानी कार्यविधि २०७४ मा म्याच फिक्सिङसम्बन्धि कानुन बनेको छ । १६५ वर्ष अघि जगंबहादुर राणा प्रधानमन्त्री हुदा बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै जारी भएको मुलुकी देवानी (संहिता) मा म्याच फिक्सिङविरुद्ध कानुन बनेको हो ।

नेपालमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ परिच्छेद १ अन्तर्गतको राज्यविरुद्धको कसुरमा म्याच फिक्सिङलाई राखिएको छ । मुलुकी अपराध (संहिता) ऐनमा भनिएको छ ‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडीहरूको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकुल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रियहित विरुद्धको कसूर भएको मानिनेछ ।’

म्याच फिक्सिङ गरेको पुष्टिभएमा ३ वर्षदेखि ३० हजारसम्म जरिवाना हुने कानुन बनेको हो । त्यस्तै रकम लेनदेन गरेको भएमा उक्त रकम राज्यले जफत गर्ने कानुनमा उल्लेख छ । म्याच फिक्सिङ गर्न आदेश वा निर्देशन दिने, उक्साउने तथा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसूरदार सरह सजाय हुने उल्लेख गरेको छ ।

नेपालमा म्याच फिक्सिङ सम्बन्धि यसअघि कानुन नबन्दा राज्यविरुद्धको कसूरमा मुद्दा चलाउनु परेको थियो । यसअघि नेपाली फुटबलका ४ खेलाडीसहित एक जना प्रशिक्षक गरी ५ जना खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए । तर, राज्य विरुद्धको कसूरमा मुद्दा चलाइएको भएपनि उनीहरूलाई पुनराबेदन अदालतले निर्दोष सावित गरेको थियो ।