नयाँ कानूनलाई सकारात्मक रुपमा लिन सांसद एवं कानूनविद् बिडारीको आग्रह

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद एवं कानूनविद् रामनारायण बिडारीले आजदेखि लागू भएको नयाँ कानूनलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौमा सम्पन्न साक्षात्कारमा नेता बिडारीले मुलुकी ऐनबारे जनतासम्म कम जानकारी भएका कारण केही भ्रमहरु सिर्जना भएको बताउनुभयो । उहाँले सकारात्मक सोंचकासाथ मुलुकी ऐनलाई स्वागत गर्न आम जनतासमक्ष आग्रह गर्नुभयो ।

नेता बिडारीले पत्रकारमाथिको अंकुशलाई सामान्य रुपमा लिएर त्यसलाई सकारात्मक रुपमा बुझ्न पनि आग्रह आग्रह गर्नुभयो । साक्षात्कारमा नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले मुलुकी ऐनलाई बारले स्वागत गरेको बताउनुभयो ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २ सय ३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । मुलुकी ऐनका धारा २ सय ३० र २ सय ३१ मा उल्लेखित व्यवस्था बिरुद्ध आफूहरुले आन्दोलन गर्ने कार्यक्रम रहेको भएपनि कानून मन्त्रालयले सुझाव मागेका कारण आन्दोलन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

साक्षात्कारमा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकी ऐनले प्रेस जगतलाई साँघुरो बनाउन खोजेको आरोप लगाउनुभयो । राज्यलाई अग्रगमनतिर अघि बढाउनका लागि सरकार सबैभन्दा प्रगतिशील र जनपक्षीय हुनुपर्ने विरहीको भनाई छ ।