नयाँ चिकित्सा शिक्षा विधेयक दर्ता

title
शनिबार, असार २३, २०७५

काठमाडौं – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गराएको छ ।

शिक्षा मन्त्रालयले विधेयक दर्ता गराएको हो ।

सरकारले एक साता अघि सचिवालयमा दर्ता गराएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिपक्षी र डा. गोविन्द केसीको विरोधका कारण फिर्ता लिएको थियो ।

प्रतिस्थापन विधेयक अध्यादेशविपरीत आएको भन्दै विरोध भएको हो ।

प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि अध्यादेशअसार २० गतेपछि निष्क्रिय भएको छ । आजको नगरिकमा समाचार छापिएको छ ।