नवलपरासीको गैंडाकोटमा बस दुर्घटना, २५ जना घाइते

title
सोमवार, कार्तिक २६, २०७५

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।

दाङ घोराही उपमहानगरपालिका होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिकाका बालक यनुष विक र तुलसीपुर बस्ने लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।