नागरिकता विधेयकमा झनै लफडा

title
बिहिबार, चैत्र ७, २०७५

अमृतराज काफ्ले । संसदमा सरकारले दर्ता गरेको नागरिकता विधेयकमा रहेका व्यवस्था प्रति संसदको राज्य व्यवस्था समितिका सदस्य नै बिभाजीत बनेपछि शीर्ष नेताहरुसँग समेत छलफल गरी टुङ्गो लगाउन भन्दै उपसमिति गठन गरिएको छ । अंगिकृत नागकिरता र यसअघि जन्मसिद्ध नागरिकता लिएकाहरुको विषयमा समितिमा सहमति नजुटेपछि उपसमिति गठन गरिएको हो ।

त्यसोत, सरकारले संसदमा पेश गरेको नेपाल नागरिकता ऐनलाई संसोधन गर्न बनेको विधेयक माथि संसदको राज्य व्यवस्था समितिमा भएको लम्बेतान छलफलमा सहमति नजुटेपछि शिर्ष नेताहरुसँग समेत छलफल गर्न भन्दै ९ सदस्यीय उपसमिति गठन गरेको हो ।

नेपाली महिलासँग बिवाह गर्ने विदेशी पुरुषलाई कस्तो नागकिरता दिने भन्ने विषयमा समितिमा सहमति हुन नसक्दा उपसमिति गठन गर्नु परेको हो । रहने गरी गठन गरिएको उपसमितिलाई सबै दलका शिर्ष नेतासँग छलफल गरी १४ दिनभित्र विवादित विषयमा सहमति गरी प्रतिवेदन तयार गर्न समितिले निर्देशन दिएको छ ।

समितिमा नेपालीसँग विवाह गर्ने विदेशीलाई कति समयमा कस्तो किसिमको नागकिरता दिने भन्ने विषयमा सबैभन्दा बढी विवाद छ । त्यसबाहेक नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागकिरता दिने विषयमा समेत दलहरुका बिचमा आ–आफ्नै अडान छ ।

अव यो विषय पनि उपसमितिले टुंगोमा पु¥याउने छ । त्यसबाहेक गलत विवरणका आधारमा नेपाली नागरिकता लिने विदेशी र स्वदेशीलाई कस्तो दण्डको व्यवस्था राख्ने भन्ने विषयमा समेत सांसदहरु विभाजित छन् । जसका कारण नागकिरता विधेयक विवादित बनेको हो ।