नायिका नीता डान्स टिचर बनेपछि…

title
सोमवार, साउन १४, २०७५

काठमाडौं । नेपाली पहिलो फिल्म ‘आमा’ का दुई अभिनेत्री चैत्यदेवी सिंह र भुवन चन्दले निर्माण गर्न लागेको फिल्म ‘साइनो’ मा अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी छन् ।

दशैंपछि फ्लोरमा जाने यस फिल्ममा नीताको भूमिका विषयमा पनि जानकारी गराइएको छ । चलचित्रमा नीता प्रमुख अभिनेत्रीका साथै डान्स टिचरको भूमिकामा देखिने भएकी छिन् ।

अभिनेत्री ढुंगाना स्क्रिप्ट उत्कृष्ट लागेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी भन्छिन् ‘विषय वस्तुसँगै भूमिका पनि राम्रो पाएँ अनि फिल्म साइन गरेको हुँ । भूमिका च्यालेन्जिङ्ग छ । केहि समयपछि डान्सको ट्रेनिङ्ग पनि लिँदैछु ।’ ‘साइनो’ लाई रमेश थापाले निर्देशन गर्नेछन् । फिल्ममा नायिका मिरुना मगर र नव कलाकार राजकुमारको पनि प्रमुख भूमिका रहनेछ । यसमा अभिमन्यू निरवी र रामशरण कोइरालाको लेखन छ ।

अभिनेता भुवन केसी, डेनी डेञ्जोङ्गपा, तृप्तिको प्रमुख भूमिका रहेको दशक अगाडिको सुपरहिट फिल्म ‘साइनो’ बाट ‘आमा’ अभिनेत्रीले नाम सापटी लिएका हुन् । उगेन छोपेलले यसको निर्देशन गरेका थिए । त्यसो त चैत्यदेवी सिंह र भुवन चन्द पुराना कलाकार नै हुन् । उनीहरुले नेपाली चलचित्र क्षेत्रमा निकै लामो समयदेखि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

वन चन्द नायिका हुँदै आमा र हजुरआमाको रोल निभाउँदै आएकी छिन् । उनीहरुले निर्माण गर्न लागेको यो चलचित्र ‘साइनो’ सामाजिक कथावस्तुमा निर्माण हुने जनाइएको छ । चलचित्रको नामले नै कथावस्तुलाई प्रष्टाएको पनि छ । साइनो भन्ने वित्तिकै सम्बन्ध आइहाल्छ । त्यसैले पारिवारिक कथावस्तुलाई नै चलचित्रले प्राथमिकतामा राख्ने बुझिएको छ ।