नारायणगढ- मुग्लिन सडकखण्ड बन्द फेरि बन्द

title
सोमवार, साउन २१, २०७५

काठमाडाैं । नारायणगढ मुग्लिन सडकखण्ड पुनः अवरूद्ध बनेकाे छ । सडकखण्डकाे घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको हाे।
जलबिरेमा बिहान ५ः५५ मा पहिरो खसेको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो हटाएर सवारी सञ्चालन सहज बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ। घुमाउनेमा खसेको पहिरो पनि हटाउने कार्य थालिएको छ। वर्षात् सुरु भएसँगै घुमाउने र जलविरे क्षेत्र पहिरो पहिरो धेरै झर्ने गरेको छ।
लगातारकाे वर्षापछि गत शनिबार रातिदेखि अवरुद्ध भएको सडक अाइतबार विहान एकतर्फी खुलेकाे थियाे । तर पनः अाज विहान साेही ठाउँमा पहिराे जाँदा सवारी अावागमन अवरूद्ध बनेकाे हाे । साेही ठाउँमा शनिबार बिहान पनि पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। सडकखण्डकाे ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले सास्ती खेपेका छन्।