नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

title
आइतवार, साउन २०, २०७५

चितवन । भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार रातिदेखि अवरुद्ध भएको छ।

पहिरोका कारण शनिबार राति १०ः२५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएकाले बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ। यो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ।

सोही ठाउँमा शनिबार बिहान पनि पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले सास्ती खेपेका छन्।