नाष्टले पेट्रोल निकाल्दै

title
बिहिबार, माघ २४, २०७५

सोनी शाही । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले प्लाष्टिकबाट पेट्रोल निकाल्ने भएको छ । जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको मेसीनले पाइरोलाइसिस विधिबाट प्लाष्टिक र प्लाष्किजन्य बस्तुहरुलाई पगालेर पेट्रोल निकाल्ने तयारी गरिएको हो । त्यसोत, भारतीय नाकाबन्दी पछि सर्वाधिक चर्चाको बिषय बनेको तेल उत्खनन यतिबेला सेलाएको छ । तर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नाष्ट)ले प्लाष्टिकबाट तेल उत्पादन गर्न सकिने प्रविधिको विकाश गरेपछि तेलमा भएको परनिर्भरता केही हदसम्म हटाउन सकिने चर्चा पुनः सुरु भएका छन ।

खेर गएको प्लाष्टिकको मात्र तेल उत्पादन गर्ने हो भने पनि नेपालमा खपत हुने तेलको ५ देखि १० प्रतिशत सम्म तेल स्वदेशमै उत्पादन गर्न सकिने नाष्टको दावी छ । जसलाई नाष्टले पाइरोलाइसीस विधिको नाम दिएको छ । यो विधिबाट कुनै पनि प्लाष्टिकजन्य वस्तुलाई तताएर अर्को बस्तु वा तरल रुपमा रुपान्तरण गर्न सकिन्छ । जहा“ अक्सिजन नछिर्ने गरी प्लाष्टिकलाई राखि ४ सय ५० डिग्री सेल्सीयस तापक्रममा पगाालिन्छ । यसरी निस्केको ग्यासलाई पाइप मार्फत संकलन गरी पानीमा लगेर डुबाइन्छ ।

त्यसरी पानी डुबाएपछि २–३ घण्टापछि तेल पानीमा तैरिने गर्दछ । यस प्रक्रियाबाट प्रति किलो प्लाष्टिकबाट ११ सय मिलिलिटर सम्म पेट्रोल निकाल्न सकिने नाष्टको दावी छ । प्लाष्टिकका झोला प्रयोगमा गरिएको कडाईसँगै नाष्टले प्लाष्टिक व्यवस्थापनको प्रविधि प्रयोगमा ल्याएको हो । प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तुहरु टुथब्रस, सुर्ती र ड्राईफुडका प्लाष्टिक समेतलाई सझिलैसँगको पेट्रोलको कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिने नाष्टले जनाएको छ । नाष्टले प्लाष्टिकबाट निकालेको पेट्रोलले समेत यसलाई पुष्टाई गरिदिएको छ ।

नेपालमा प्लाष्टिकबाट तेल उत्पादन गरी फोहोर व्यवस्थापन गर्ने भनिएको यो योजना नौलो भने होइन । यस अघि पनि सरकारले यस्ता मेसिन ल्याएर पनि काम गर्न नसक्दा चर्चा पाउने माध्यम मात्र बनेको थियो । यो प्रविधि सफल भएमा प्लाष्टिकजन्य वस्तुलाई पेट्रोलमा रुपान्तरण गरी केहि हदसम्म राजश्वलाई जोगाउन त सक्छ नै नेपाल भरी नै यस्ता प्रविधिहरु संचालनमा ल्याउन सके फोहोर व्यवस्थापनमा समेत टेवा पुग्ने देखिन्छ ।