निकिता र रविबीच बिहे हल्लाको वास्तविकता यस्तो

title
आइतवार, पुस २२, २०७५

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र संचारकर्मी रवि लामिछाने एउटै अपार्टमेन्टमा बस्छन् । उनीहरु एउटै अपार्टमेन्टमा बसेपछि उनीहरुको प्रेमको चर्चा चलेको छ । फिल्म क्षेत्रमा उनीहरु प्रेममा छन् भन्ने हल्ला चलेको धेरै भैसक्यो । बास्तविकता बाहिर आएको थिएन । तर अहिले रवी र निकिताको विहेको हल्ला भाइरल बनेको छ ।

रविले आफूले डिभोर्स गरेको स्टाटस लेखेपछि उनी र निकिताको बिहे हुन लागेको खबर सार्वजनिक हुन थालेको हो । अपार्टमेन्टसँगै भएकाले पनि उनीहरु नजिक भएको र बिहे गर्न लागेको खबर बाहिरिएको हो । तर, यी दुबैले यो कुराको खण्डन गरेका छन् । रवि र निकिताले आफूहरु राम्रो साथी भएको र अपार्टमेन्ट एउटै भएको बताएका छन् । उनीहरुले आफूहरुलाई कमजोर बनाउन यस्तो खालको हल्ला चलाइएको पनि बताएका छन् । निकिता र रवि दुबैले एक अर्कालाई चिनेको केही महिना मात्र भएको बताएका छन् ।

चलचित्रकर्मीहरुका अनुसार निकिता पौडेलले भने आफूले रविसँग बिहे गर्ने निर्णय नै गरिसकेकी छन् । निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । उनी श्रीमान्सँग डिभोर्स भएर सात वर्षदेखि एक्लै बस्दै आएकी छन् । रवि लामिछाने पनि अहिले सिंगल छन् ।

गत मंसिरमा मात्र उनको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स गरेका थिए । रवि र इशाबीच २५ वर्षअघि बिहे भएको थियो । रविको जेठी श्रीमतीसँग दुईवटी छोरी छन् भने अमेरिकी युवतीसँग एक छोरा छन् । अमेरिकी युवतीसँग रवि ६–७ वर्षसँगै बसेका थिए । यो कुरा रवि आफैंले स्वीकारेका छन् ।

त्यसो त यस विषयमा कलाकारहरुका पनि विभिन्न विचार रहेका छन् । कसैले रवी लामिछानेको पक्षमा फेसबुकमा स्टाटस राखेका छन् भने केही कलाकारहरु भने रविको विरुद्धमा उभिएका छन् ।