जोडिनुहोस
शुक्रबार, फाल्गुन १६, २०८१
शुक्रबार, फाल्गुन १६, २०८१
  • होमपेज
  • निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित

निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित

नेपाल वायुसेवा निगमको चार वटा विमानमध्ये ३ वटा विमानमा समस्या आएकोले केही समयदेखि उड्न सकेका थिएनन् । जसमध्ये एउटा वाइडबडी विमान आजनै मर्मत भएर अन्तर्राष्ट्रिय उडान गर्ने र अन्य दुईवटा न्यारोबडीको उडान समय भने निश्चित नभएको निगमले जनाएको हो ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार (एन–एलजेड वाइडबडीले अहिले नियमित उडान गरिरहेको छ भने अर्को (एन–एएलवाई को लागि आवश्यक पर्ने पाटपुर्जा आजै बेलायतबाट आइसकेकोले मर्मतपश्चाात आजै दिल्ली उडान गर्नेछ । तर, न्यारोबडी अन्तर्गतको (एन–एकेडब्लु विमान चिनमा फाइभसी–चेक पश्चात् भन्सार क्लियरेन्स प्रक्रियामा समस्या सिर्जना भएकाले आउन ढिला भएको र मार्च १ सम्म काठमाडौं आइपुग्ने निगमले जनाएको छ । सो विमान त्यसपश्चात् नियमित उडानमा जाने निगमको विज्ञप्तिमा उल्लेख छ ।

अर्को न्यारोबडी ९एन–एकेएक्स को नोज ल्यान्डिङ गियरमा समस्या भएको र मर्मतका लागि दिल्ली लैजानुपर्ने आवश्यकता रहेको निगमले जनाएको छ । अन्य साना २ वटा ट्वीनअटर विमानमा पनि प्राविधिक समस्या रहेकाले मर्मतको काम सकिएपछि नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

धेरै टिप्पणी गरिएका