
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभा सभा बैठकको सुरुमै उनले विषयबस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाईहरु राख्न सांसदहरुलाई सचेत गराएका हुन् । सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, विषयमा आधारित भएर माननीय सदस्यहरुले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ ।’
सांसदहरुले आकस्मिक समय, शुन्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोही अनुसार सांसदहरुले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाई थियो ।