निराशा फैल्याउने स्वार्थी तत्वहरुसंग सचेत रहन प्रधानमन्त्रीको आग्रह

title
सोमवार, माघ २८, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति पनि जनाउनु भयो ।

उहाँले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँडने तत्वहरु पनि सक्रिय भईरहेको दावी गर्नु भयो । आज गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्ति विरुद्ध लड्न पनि सबैलाई आह्वान गर्नु भयो ।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको भन्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खाले गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।