निर्मलाका लागि न्याय माग्दै काठमाडौँमा प्रदर्शन

title
शनिबार, मंसिर १५, २०७५

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त लगाएतका हिंसा पिडित् बालबालीका लागि न्याय मागगर्दै काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ ।

‘जस्टिस फर निर्मला’ अभियानले गरेको कार्यक्रमका सहभागीहरु माइतीघरमा जम्मा भएर ¥याली सहित विभिन्न पोस्टर र व्यानरसहित नयां बानेश्वरसम्म पुगेका थिए । ¥यालीमा सहभागीले गृहमन्त्रीको राजिनामा माग्दै बलात्कारीलाई फाँसीको सजाय दिन माग गरेका छन् ।

धर्ना तथा प्रदर्शनमा नयाँ शक्ति पार्टी, विबेकशिल साझा पार्टी तथा नागरिक समाजका अगुवा उपस्थित् थिए । राजधानीमा चलिरहेको एसिया प्यासिफिक समिटको कारण देखाएर मुख्य सडकमा निकै सर्तकता अप्नाई रहेको प्रहरीले प्रदर्शन रोक्न खोजेपछि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नागरिकलाई न्याय दिन नसकेको भन्दै नाराबाजी गरेका थिए ।