निर्मलाको परिवारसँग भेटेर प्रहरी महानिरीक्षकले के भने ?

title
शुक्रबार, भदौ २२, २०७५

कञ्चनपुर। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग भेटघाट गरेका छन् ।
महानिरीक्षक खनालले बिहिबार बेलुका कञ्चनपुर स्थित पीडित परिवारकै घरमा पुगेर भेटघाट गरेका हुन् । भेटमा खनालले अपराधमा संलग्न दोषी जो सुकै भएपनि पक्राउ गरेर कारबाही गर्ने आश्वासन दिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए ।
‘हामीले प्रहरीको नियतमाथि शंका छ हजुर भन्यौँ, अनि उहाँले दोषी प्रहरी नै भएपनि कारबाही गरेर छोड्छौँ तपाईहरु ढुक्क रहनुहोस भन्नुभएको छ, ‘ पन्तले भने ।
उनले घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापवार्हीका कुराहरु पनि महानिरीक्षक खनाललाई जानकारी गराएको बताए ।