निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै आईतवारदेखि पुन आन्दोलन हुने

title
शनिबार, अशोज १३, २०७५

चन्द्रकान्त/कञ्चनपुर । निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुरबासीले भोलिदेखि फेरि आन्दोलन थाल्ने भएका छन् ।

२ महिना वितिसक्दा समेत सरकारले निर्मला पन्त हत्या प्रकरणमा हत्यारा लाई प्रकन नसकेको भन्दै कञ्चनपुर वासी फेरी आन्दोलन गर्ने भएका हुन् । निर्मला पन्त हत्या पत्ता लगाउन गठित दवाव मुलक संघर्ष समिति आज कञ्चनपुरमा कार्यक्रम गरी आन्दोलन थाल्ने जनाएको हो ।

छलफलमा राजनितिक दल लगायत नागरिक समाज महिला अधिकार कर्मीलगायत सहभागी थिए । निर्मला पन्तलाई न्याय दिलाउनकै लागि दबाब मुलक संघर्ष समितिले आन्दोलन थाल्ने निर्णय गरेको संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले बताउनुभयो ।

कञ्चनपुरबासीले भोलि भिमवाटिका पार्क हुदै प्रशाशन सम्म नेपाल को झन्डा सहित को ¥याली निकालेर जिल्ला प्रशाशन कार्यालय अगाडि अगाडी धर्ना दिने र जिल्ला प्रमुख अधिकारी लाई ज्ञापन पत्र बुझाउने संधर्ष समितिले जनाएको छ ।