निर्मला पन्त हत्या अभियोगमा पक्राउ परेका दिलिपसिंह र बम दिदीबहिनी साधारण तारेखमा रिहा

title
मङ्लबार, भदौ २६, २०७५

काठमाडौं । निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएका छन् ।

अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि आज नै छुटेका छन् ।

डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

तर, मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए ।