निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडाैँमा विशाल प्रदर्शन

title
शनिबार, भदौ ३०, २०७५

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंसहित देशका १९ वटा विभिन्न भागमा विशाल प्रदर्शन भएको छ ।

काठमाडाैँमा ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर  नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

सयौं सहभागी भएकाे प्रदर्शनमा निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।