निर्मला पन्त हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुरबासीले फेरि आन्दोलन थाले

title
आइतवार, अशोज १४, २०७५

कञ्चनपुर । निर्मला पन्तका हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुरबासीले आजदेखि फेरि आन्दोलन थाल्ने भएका छन् ।

२ महिना वितिसक्दा समेत सरकारले निर्मला पन्त हत्या प्रकरणमा हत्यारा लाई प्रकन नसकेको भन्दै कञ्चनपुरवासी फेरी आन्दोलन गर्ने भएका हुन् । निर्मला पन्त हत्या पत्ता लगाउन गठित दवाव मुलक संघर्ष समिति शुक्रवार कञ्चनपुरमा कार्यक्रम गरी आन्दोलन थाल्ने जनाएको हो । छलफलमा राजनीतिक दल लगायत नागरिक समाज महिला अधिकार कर्मीलगायत सहभागी थिए । निर्मला पन्तलाई न्याय दिलाउनकै लागि दबाब मुलक संघर्ष समितिले आन्दोलन थाल्ने निर्णय गरेको संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले बताउनुभयो ।

कञ्चनपुरबासीले आईतवार भिमवाटिका पार्क हुदै प्रसाशन सम्म नेपालको झन्डा सहितको ¥याली निकालेर जिल्ला प्रशाशन कार्यालय अगाडि अगाडी धर्ना दिने र जिल्ला प्रमुख अधिकारी लाई ज्ञापन पत्र बुझाउने संघर्ष समितिले जनाएको छ ।