निर्मला हत्याकाण्डः अछामबाट २ जना पक्राउ

title
बिहिबार, चैत्र १४, २०७५

काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ।

प्रहरी टोलीले दुई जनालाई अछामबाट पक्राउ गरेपनि नाम ठेगाना भने प्रहरीले गोप्य राखेको छ।

उनीहरुको बयान शंकास्पद देखिएपछि थप अनुसन्धान र डिएनए परीक्षणका लागि काठमाडौं ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

गत साउन १० गते बालिका पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत अबस्थामा भेटिएकी थिइन्।