निर्मला हत्याको दोषीलाई कारबाहीको माग गर्दै काठमाडौमा बृहत प्रर्दशन

title
शनिबार, भदौ ९, २०७५

काठमाडौं । कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको वास्तविक दोषीलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौमा बृहत प्रर्दशन गरिएको छ ।

सामाजिक अभियान्ताको अगुवाईका उक्त घटनाको निष्पक्ष छानविनको माग गर्दे काठमाडौको माइतिघर मण्डलाबाट बानेश्वरसम्म शनिबार निकालिएको ¥यालीसहितको प्रदर्शन गरिएको हो ।

प्रर्दशनका क्रममा उनीहरुले घटनाको छानविनलाई शसक्त ढंगले अघि बढाउदै दोषीलाई कडा भन्दा कडा कारवाहीको समेत माग गरेका छन् । उनीहरुले महिला हिंसा र वलात्कारको घटनाका लागी कडा ऐन कानुनको आवश्यकता भएको जनाएका छन् । प्रर्दशनका क्रममा बानेश्वरमा शिल्पी थिएटरले बलात्कार विरुद्धको नाट्यांशसमेत प्रस्तुत गरेको थियो ।

भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । पन्तको हत्यामा नक्कली अभियुक्त पक्राउ गरिएको र वास्तविक दोषीसम्म प्रहरी पुग्न नसकेको भन्दै सर्वत्र सरकारको आलोचना भइरहेको छ ।

दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रदर्शनकारीहरुले माग गरेका छन् ।