निर्मला हत्या छानबिन प्रतिवेदन गृहमन्त्रीलाइ बुझाइयो

title
मङ्लबार, अशोज ९, २०७५

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री रामबहादुर थापालाई छानबिन प्रतिवेदन बुझाएको छ ।

कारागार व्यवस्थापन विभागका प्रमुख हरि प्रसाद मैनालीको नेतृत्वमा गठन भएको छानबिन समितिले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटी’ औंल्याएको छ ।

समितिले तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासँग बयान लिएको थियो ।  समन्वय अभाव र एसपीको कमजोरीका कारण घटनाक्रम एकपछि अर्को गर्दै झन् कम्प्लिकेटेड बनेको कुरा प्रतिवेदनमा उल्लेख भएको जानकारी प्राप्त भएको छ ।