निर्मला हत्या प्रकरणः आईजीपी भन्छन्–कमजोरी देखिए पदै छोड्न तयार

title
सोमवार, मंसिर २४, २०७५

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई चाँडो भन्दा चाँडो सार्वजनिक गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमवार बसेको समिति बैठकले निर्मला हत्याका बिषयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसंग छलफल गर्दै निर्मला पन्त हत्याको दोषीलाई चाँडो भन्दा चाँडो सार्वजनिक गरी सजायको भागेदारी बनाउन निर्देशन दिएको हो ।

त्यस्तै बैठकले देशमा भईरहेका हत्या, हिंसा र बलात्कारका घटनाका हुन नदिई शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई अझ बढि सजग र थप कर्तव्यनिष्ठ बन्न निर्देशन दिईएको समिति सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याका विषयमा आफूले कुनै कमजोरी नगरेको बताउनुभयो ।

अनुसन्धान प्रभावित हुने गरी आफूले भूमिका निर्वाह नगरेको उहाँले बताउनु भयो । त्यस्तै उहाँले मुलुकभरको सुरक्षा व्यवस्थालाई चूस्तदुरुस्त पार्न गम्भीर भएर लागेको जानकारी दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले निर्मला पन्त हत्यारालाई पक्राउ गर्न नसक्नुको कारणबारे प्रश्न गरेका थिए ।