निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’

title
मङ्लबार, भदौ १२, २०७५

निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशन बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन।

तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली बिष्टको टोली मात्र होइन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्न चासो दिएनन्। साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो।

‘बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भूमिका देखेर हामीले आन्दोलन गरेका हौं’, स्थानीय उर्मिला शाहीले भनिन्।

एक महिना लामो आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाइते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक बिष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो ?

आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ।

‘एसपी डिल्ली बिष्टलाई घटना मोडेर डमी दोषी करार गर्न सक्छु भन्ने विश्वास थियो’, आन्दोलनमा सक्रिय विमला बिष्ट भन्छिन्, ‘जनताको आन्दोलनको शक्तिले अवस्था फेरिएको हो।’ निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा शक्तिशाली व्यक्तिले गरेको स्थानीय बताउँछन्।

भीमदत्त नगरपालिका — २ एलटाखामकी १३ बर्षीया निर्मला पन्त साउन ११ गत्ते उखुवारीमा मृत फेला परिन् ।

शव भेटिएको सोमबार एक महिना वितिसक्दा पनि अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्त सकेको छैन ।

आफुहरुलाई पहिले राहतभन्दा पनि निर्मलाको हत्याराको अनुहार देख्न मन भएको उनकी आमा दुर्गादेवी पन्त बताउँछिन् ।

हामीलाई अहिले राज भन्दा पनि निर्मलाको हत्यारालाई कारवाही गरेको देख्न मन छ, उनले भनिन् । यो खबर आजको नागरिक दैनिकमा छ ।