निर्मला हत्या प्रकरण: निलम्बनमा परेका प्रहरीको पोलिग्राफ परीक्षण गरिने

title
सोमवार, अशोज १, २०७५

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ परीक्षण हुने भएको छ ।

गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया प्रभावकारी रुपमा गर्न नसकेको भन्दै एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, डीएसपी अंगुर जिसी, इन्स्पेक्टर जगदीश भट्ट इन्स्पेक्टर एकेन्द्र खड्का, असई रामसिंह धामीलाई निलम्बन गरेको छ ।

डीआईजी धिरु बस्न्यातको समितिले छानबिनका क्रममा उनीहरुसँग पोलिग्राफ परीक्षण गर्ने तयारी भएको जनाइएको छ । अपराधमा संलग्न व्यक्तिले बयान परिवर्तन गर्न सक्ने आशंकामा पोलिग्राफ परीक्षण गर्ने प्रचलन छ ।