निर्माता तथा निर्देशकले रुचाउने तर निरुताले नगर्ने कारण यस्तो छ

गर्छु भनेका फिल्म नै धमाधम छाडिन्
काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री निरुता सिंह लामो अन्तरालपछि पुनः नेपाली चलचित्रमा व्यस्त बन्न थालेकी छिन् । नाई नभन्नु ल–५ बाट नेपाली चलचित्रमा पुनरागमन गरेपछि उनी एक पछि अर्को गरी चलचित्रमा देखिने चर्चा चलिरहँदा उनले भने चलचित्र नगर्ने भन्दै पछि हट्न थालेकी छिन् ।
त्यसो त धेरै निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा भित्र्याउन चाहन्छन् । ८–९ वर्ष काँचको पर्दाबाट टाढा रहेपनि ‘नाइँ नभन्नू ल ५’ बाट निर्देशक विकासराज आचार्यले उनलाई कमब्याक गराए । भूमिका छोटो भए पनि उनको अभिनयले दर्शकलाई बाँध्यो । यो फिल्मपछि अहिले उनको हातमा फिल्मको लस्कर छ । गर्छु भनेका केही फिल्म छाड्दा समेत उनको व्यस्तता अझ बढ्दो पाइए पनि उनले ‘लभ स्टेशन’लगायत केही फिल्मबाट हात झिकेको विषयले चर्चा पाएको छ ।
हालै उनले महसञ्चारको निर्माणमा बनेको फिल्म ‘दाल भात तरकारी’ को छायांकन सकिन् । यसमा उनी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छन् । यो फिल्मपछि उनको पाइपलाइनमा एक फिल्म थियो, ‘हजार जुनीसम्म’ । तर, उनले उक्त फिल्म पनि नगर्ने बताएकी छिन् ।
हाल सिक्किममा छायांकन भइरहेको फिल्ममा उनको ठाउँमा निर्माण टिमले अभिनेत्री सञ्चिता लुइँटेललाई अनुबन्ध गरेको छ । आफूलाई कमब्याक गराउने निर्देशकको फिल्म उनले छाड्नुको पछाडि पारिश्रमिकमा कुरा नमिलेको बुझिएको छ । त्यतिमात्र नभएर उनले भने आफ्नो भूमिकालाई लिएर पछि हटेको बताउन थालेकी छिन् ।
‘हजार जुनीसम्म’ मात्र होइन उनले सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि पारिश्रमिकमा कुरा नमिलेपछि नगर्ने निधो गरेको चर्चा छ । उनलाई अफर गरेको रोलमा सुदर्शनले अभिनेत्री गौरी मल्ललाई अनुबन्ध गरेका छन् । निरुताको ‘नाइँ नभन्नू ल ५’ पछि कुनै फिल्म रिलिज भएका छैनन् ।
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
चिनियाँ राष्ट्रपति साउदी युवराजबीच भेटवार्ता
-
आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ
-
हत्या आरोपी १० वर्षपछि पक्राउ
-
चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण
-
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
-
फेरी टेण्डर गरेर भएपनि मेलम्ची समयमै ल्याउने सरकारको प्रतिवद्धता
-
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु
-
विवादका बिच नेकपा एकता कार्यदल भंग
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै