निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य

title
बिहिबार, माघ २४, २०७५

काठमाडौं । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै उहाँले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गर्नु भयो । आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने नवनियुक्त राजदुत आचार्यको योजना छ ।

उहाँले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताउनु भयो । राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदुतहरुको पनि सम्मान गरिएको थियो ।