निश्चल र नम्रताको जोडी कत्तिको जम्ला ?

title
मङ्लबार, साउन २२, २०७५

काठमाडाैं । अभिनेत्री नम्रता श्रेष्ठ तथा अभिनेता द्वय विपिन कार्की र निश्चल बस्नेतले पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गरेको चलचित्र ‘प्रसाद’ टोलीले चलचित्रको प्रदर्शन मिति तोकेको छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्रको प्रदर्शन मंशिर २१ गते आउने जानकारी दिइएको हो ।

गत आइतबार ललितपुरमा रहेको राजु पेन्टर स्टुडियोमा चलचित्र पत्रकार संघ, नेपालका उपाध्यक्ष दिनेश सिटौलाले क्ल्याप ठोकेर फिल्मको छायांकन सकिएको जानकारी दिए । यस फिल्मका निर्देशक दिनेश राउत हुन् । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ लगायतका फिल्म निर्देशन गरिसकेका उनले ‘प्रसाद’ लाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

निर्देशक राउतले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरे । इन्डक्ल्याप कार्यक्रममा बोल्दै निश्चलले आफूले अभिनय गरेका अन्य फिल्मभन्दा ‘प्रसाद’ मा फरक भूमिका रहेको बताए । उनले ‘प्रसाद’मा दर्शकले आफ्नो अभिनयमा म्याचुरिटी देख्न पाउने पनि बताए । यस्तै, अभिनेत्री नम्रताले यस फिल्ममा आफूले फरक भूमिका निर्वाहा गरेको बताइन् । यो फिल्ममा उनी गृहणी महिलाको भूमिकामा छिन् ।

फिल्म ‘जाइरा’ का लागि कपाल मुडुलो बनाएकी उनले ‘प्रसाद’ मा नक्कली कपाल लगाएकी छन् । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । निसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक कुरीतिविरुद्धको कथामा चलचित्र केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।