नुवाकोटमा बस दुर्घटना २ जनाको घटनास्थलमा मृत्य,३६ जना घाईते

title
शुक्रबार, अशोज २६, २०७५

रामहरि न्यौपाने/नुवाकोट । नुुवाकोटको छेरीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नुवाकोटको समुन्द्रटारबाट त्रिशुली तर्फ गैरहेको बा १ ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ छेरीखोलामा दुर्घटना भएको हो । सडकदेखि सय मिटर तल खसेर भएको बस दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा ३६ जना घाईते भएका छन । बस चालक संजय लामासहित गम्भिर घाईते भएका ११ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने सामान्य घाईते भएका २५ जनाको स्थानीय जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

पुरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिब्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।