नुहाउन गएका २ बालकको नालामा डुबेर मृत्यु

title
मङ्लबार, असार २४, २०७६

बाँके । बर्दियामा घर नजिकैको नालामा डुवेर २ बालकको मृत्यु भएको छ । घरदेखि एक किलोमिटर टाढा खन्नबाबा नालामा डुवेर गुलरिया नगरपालिका वडा नम्वर ३ सिरकैयास्थित कमलु बन्जाराको छोरा बर्ष १० को विकास बन्जारा र शालिकराम बन्जाराको छोरा बर्ष ५ को अनिल बन्जाराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलवार दिउसो ३ : ४५ बजेको समयमा साथीहरुसँग नुहाउन गएका बालकहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी खैरापुरवाट उद्धार सामाग्रीसहित खटिएको टोलिले उनीहरुलाई खण्डबाबा नालाको कलभर्ड मुनी ५० मिटर तल मृत अवस्थामा फेलापरेको बर्दियाका प्रहरी नायव उपरिक्षक मदन जित महराले जानकारी दिए ।