नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

title
मङ्लबार, कार्तिक ६, २०७५

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । पाँच दिनको भ्रमणमा उनले चीन र कम्बोडियाका कार्यक्रममा सहभागिता जनाउने छन् ।

श्रेष्ठले पहिले चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभमा भाग लिने छन् ।गोञ्जावमा चिनियाँ सरकारको उक्त कार्यक्रममा भाग लिएपछि उनी कम्बोडियामा आयोजना हुने नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित कार्यक्रममा सामेल हुनेछन् । उक्त अवसरमा उनले त्यहाँका वौद्धिक समुदायसँग अन्तरक्रिया गर्ने छन् र १२ गतेको स्थायी कमिटि बैठकमा भाग लिने गरी स्वदेश फर्कने छन् ।