नेकपाको चियापान शुरु, ५० हजारलाई निमन्त्रणा

title
शनिबार, कार्तिक १०, २०७५

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रमको आयोजना गरेको छ ।

चियापान कार्यक्रममा सहभागीहरुलाई नेकपाका शिर्ष नेताहरुले स्वागत गरेका छन् । कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवा, कूटनीतिज्ञ तथा विकासका साझेदारहरुलाई निमन्त्रणा गरिएको छ ।

नेकपाले राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरेको थियो ।

चियापान कार्यक्रमले राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने विश्वास लिइएको नेकपाका अध्यक्ष पुष्प कमल दाहालले बताउनुभयो ।

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि तीन सय स्वयंसेवक परिचालन गरिएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।