नेकपाको तल्लो तहमा अझै दुई पार्टी

title
सोमवार, कार्तिक २६, २०७५

काठमाडौँ – पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।

केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्।

यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो । केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन् । तिनको बैठक नै बस्न छाडेको छ।

यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन् । पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र ।

स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।