(नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगायो

title
शुक्रबार, अशोज ५, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा सचिवालय बैठकले तल्लो कमिटिलाई एकतावद्ध गर्ने जिम्मेवारी दिंदै प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिव तोकेको हो । नेकपाले प्रदेश नंवर १ को ईन्चार्जमा भीम प्रसाद आचार्य, २ मा सत्यनारायण मण्डल, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पिएस गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश नंवर ५ को ईन्चार्जमा शंकर पोखरेल, ६ मा जनार्दन शर्मा र प्रदेश नंवर ७ को जिम्मेवारी भीमबहादुर रावललाई दिने निर्णय गरेको नेकपा नेता ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा अध्यक्ष पुष्पकमल दाहालको चीन र भारत भ्रमणका बिषयमा र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवारबाट हुने अमेरिका भ्रमणबारे सचिवालय बैठकलाई सामान्य जानकारी गराउनुभएको बताईएको छ ।