नेकपा अध्यक्ष प्रचण्ड अाज भारत जाँदै

title
बिहिबार, भदौ २१, २०७५

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका शिलशिलामा बिहीबार भारत जादैछन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलो भ्रमणका रूपमा भारत जान लागेका अध्यक्ष प्रचण्डले त्यहाँ आफूले विकासका एजेन्डा उठाउने बताएका छन् । प्रचण्ड बिहीबार दिउसो तीन बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

भारत भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भारत भ्रमण सम्पन्न गरेर प्रचण्ड भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।