नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री

title
बुधबार, फाल्गुन १, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिनुभएको छ ।

बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिनुभएको हो । उहाँले देश सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढिसकेको भन्दै अब यो यात्रा नरोकिने समेत बताउनुभयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारीको अभावलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने कदमको रुपमा आएको भन्दै यो प्रयास फलदायी हुने पनि बताउनुभयो । अहिले सरकारसँग स्पष्ट नीति, गन्तब्य र कार्यदिशा भएकाले अब विकासको लहर समातिसकेको उहाँले बताउनुभयो ।